काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत तथा पुनः स्थापना दिने कर्तव्य पूरा गर्न सरकार दृढ र सक्रिय रहेको बताएका छन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले जाजरकोट केन्द्रबिन्दु भई गत वर्ष गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिइएको र मनसुनजन्य विपदबाट प्रभावितलाई छिटोछरितोरुपमा राहत वितरण गरिने बताए ।
सो अवसरमा कोषमा नेपाल आयल निगमबाट रु. तीन करोड, युनिलिभर कम्पनीबाट रु. ३० लाख (यसअघि रु. २० लाख दिइसकेको), माछापुच्छ्रे बैँकबाट रु. २५ लाख र पूर्व राष्ट्रसेवक कर्मचारी सङ्गठनबाट रु. एक लाख हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गरियो : प्रधानमन्त्री ओली
सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीद्वारा सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री ओली
कुनै बहानामा चिकित्सकलाई न्युनतमभन्दा कम तलब दिन पाइँदैन : प्रधानमन्त्री ओली
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली