एभरेष्ट बैंकको ३० औं वार्षिकोत्सव : काठमाडौं इन्स्टिच्युटलाई १ करोड रुपैयाँ सहयोग​

सफल खबर संवाददाता

शुक्रबार, ०२ कार्तिक २०८१, १३ : ४९
एभरेष्ट बैंकको ३० औं वार्षिकोत्सव : काठमाडौं इन्स्टिच्युटलाई १ करोड रुपैयाँ सहयोग​

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।​​​​ बैंकको प्रधान कार्यालय लाजिम्पाटमा कात्तिक १ गते रक्तदान कार्यक्रम गरिएको थियो । साथै लामो समयसम्म सेवा गर्ने कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको बैंकले जनाएको छ ।

यस्तै, बैंकले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमसमेत घोषणा गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रबर्द्धन लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

३० औं वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त कार्यक्रममा एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अस्पतालका अध्यक्ष प्राडा भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरूले सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बैंकको विश्वास छ । सामाजिक उत्तरदायित्वअन्तर्गतनै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौंको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका थिए ।​​ पन्जाब नेशनल बैंक भारतसँगको संयुक्त लगानीमा स्थापित बैंक स्थापना कालदेखिनै ग्राहकहरूको पहिलो रोजाइमा रहेको छ ।

करिब १४ लाख ग्राहक संख्या रहेको यस बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय र १६७ एटिएम मशिनसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले विभिन्न ३२ स्थानबाट नेपाल सरकारको राजस्व संकलन कार्य समेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस