काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले १३०औं र १३१औं शाखा शुभारम्भ गरेको छ । कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यका साथ यही पुस ११ गते फिदिम नगरपालिका- १, पाँचथरमा १३०औं र पुस १२ गते फुङलिङ नगरपालिका- ४, ताप्लेजुङमा १३१औं शाखाको शुभारम्भ गरेको हो ।
यी दुई शाखाको सञ्चालनपश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगेको छ । यससँगै देशभर छरिएर रहेका बैंकका शाखामार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहकलाई सहज हुने विश्वास बैंकले लिएको छ।
पन्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् ।
देशैभरि छरिएर रहेको आफ्नो १३१ शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एभरेष्ट बैंकको ३० औं वार्षिकोत्सव : काठमाडौं इन्स्टिच्युटलाई १ करोड रुपैयाँ सहयोग
एभरेष्ट बैंकको बानेश्वर शाखाले थाल्यो आफ्नै अत्याधुनिक भवनबाट कारोबार