गौशाला धर्मशालामा नगर प्रहरी र मारवाडीबीच ठेलमठेल, राखियो महानगरको ब्यानर

सफल खबर संवाददाता

बुधबार, २३ असोज २०८१, १५ : ००
गौशाला धर्मशालामा नगर प्रहरी र मारवाडीबीच ठेलमठेल, राखियो महानगरको ब्यानर

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरकाे बोर्ड राखेको छ । माडवाडीको प्रतिकारबीच महानगरप्रहरीले माडवाडी सेवा समितिले राखेको बोर्ड हटाएर आफनो बोर्ड राखेको छ ।

सोही क्रममा माडवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीहरुबीच धकेलाधकेल भएको थियो । पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरी र माडवाडी सेवा समितिबीच धकेलाधकेल भएको हो ।

धर्मशाला खाली गराउन नमानेपछि नगरप्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा माडवाडीहरुले प्रतिवाद गरेका थिए । यसअघि काठमाडौं महानगर प्रहरी, वडाध्यक्ष, महानगरका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच छलफल भएको थियो ।

तर सहमति नजुटेपछि महानगरले गौशाला खाली गराउन खोजेको हो । अहिले प्रहरीको टोली पनि पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस