काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालतले एलोन मस्कलाई ठूलो राहत दिएको छ । न्यायमूर्ति अलेक्जेन्डर डे मोरेसले मंगलबार ब्राजिलमा सोशल मिडिया प्लेटफर्म एक्सका सेवाहरू पुनर्स्थापित गर्न अनुमति दिएका हुन् । ब्राजिलमा एक महिनाभन्दा बढी समयदेखि एक्सका सेवाहरू बन्द थिए ।
मस्कको स्वामित्वमा रहेको एक्स ३० अगस्टमा २१ करोड ३० लाख जनसंख्या भएको देश ब्राजिलमा बन्द भएको थियो । न्यायमूर्ति मोरेसले अभिव्यक्ति स्वतन्त्रता, अति दक्षिणपन्थी खाताहरू र गलत सूचनाका विषयमा मस्कसँग एक महिना लामो बहसपछि देशमा एक्स बन्द गर्ने आदेश दिएका थिए। त्यसपछि, मस्कले न्यायमूर्ति मोरेसको आलोचना गर्दै उनलाई अधिनायकवादी भनेका थिए ।
मस्कको सार्वजनिक दावीहरूको बावजुद, एक्सले अन्ततः डे मोरेसका सबै मागहरू पूरा गरेको थियो । यसमा प्लेटफर्मबाट केहि खाताहरू ब्लक गर्ने, बाँकी तिर्नुपर्ने जरिवाना तिर्ने र कानूनी प्रतिनिधिको नामकरण समावेश थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असोज २०८१, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मस्क बने ४०० बिलियन सम्पति हुने पृथ्वीको पहिलो ब्यक्ति
मस्कले किनेको भन्दा ८० प्रतिशत घट्यो एक्सको मूल्य
एलन मस्क भारत आउँदै, टेस्लाको प्लान्ट खोल्न सक्ने