वाशिङ्टन डीसी । माइक्रो ब्लगिङ वेबसाइट एक्सको मूल्याङ्कन दुई वर्ष अघिको तुलनामा ८० प्रतिशतभन्दा कम छ । लगानी कम्पनी फइडेलिटीले गरेको अनुमानले यस्तो देखाएको हो ।
सन् २०२२ को अक्टोबरमा एलोन मस्कले ४४ अर्ब डलर तिरेर एक्स किनेका थिए । मस्कले किनेलगत्तै एक्सलाई प्राइभेट बनाएका थिए । अगस्टको अन्त्यसम्ममा एक्सको मूल्याङ्कन ४ अर्ब २० करोड डलर मात्रै रहेको फाइडेलिटीको ब्लू चिप ग्रोथ फन्डले आइतबार पेस गरेको फाइलिङले देखाएको छ ।
यो मूल्याङ्कन जुलाईको अन्त्यमा कम्पनीले गरेको अनुमान भन्दा २४ प्रतिशत कम हो । सन् २०२२ को अक्टोबरको मस्कले ट्विटर किन्दाको तुलनामा भने यो ७९ प्रतिशत कम हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असोज २०८१, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मस्क बने ४०० बिलियन सम्पति हुने पृथ्वीको पहिलो ब्यक्ति
एलोन मस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुन: संचालन गर्न अदालतको आदेश
एलन मस्क भारत आउँदै, टेस्लाको प्लान्ट खोल्न सक्ने