काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा रहेको बताएका छन। नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अप्रेशन सेन्टरमा अनुगमन एवं निरीक्षणका क्रममा उनले डिजिटल नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएकाले मन्त्रालयले सोहीअनुसार डिजिटल नेपालका लागि नीति बनाउन छलफल प्रारम्भ गरिसकेको बताए ।
उनले डिजिटल नेपाल सफल पार्न महत्वपूर्ण भुमिका एनटिसीले निर्वाह गर्नुपर्ने भन्दै डिजिटल नेपालको लागि पूर्वाधार विकास गर्न निर्देशन दिए । उनले स्थानीय तह, प्रदेश र केन्द्र सरकार तीन तहकै सरकारले डिजिटल नेपालको फ्रेमवर्कलाई प्राथमिकतामा राखे आम नागरिकहरुले सरकारी सेवा सुविधान लिन कठिनाइ भोग्नु नपर्ने बताए । १० ठाउँमा चहार्नुपर्ने अवस्था डिजिटल नेपालपछि अन्त्य हुने र एकै ठाउँबाट सबै कामहरु गर्न सकिने उल्लेख गरे । उनले खर्चको कमी र भ्रष्टाचारको अन्त्य पनि डिजिटल नेपालबाटै सम्भव रहेको बताए ।
उनले भने, ‘अहिले प्रधानमन्त्रीज्युले विशेष चासो र महत्व दिनुभएको भनेको डिजिटल नेपाल पहिलो एजेण्डा हो । डिजिटल नेपालको लागि मैले अहिले पोलिसीको बारेमा छलफल चलाइरहेको छु । डिजिटल नेपाल सफल पार्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने भनेको हाम्रै संस्था हो । यसको पूर्वाधार जति बलियो हुँदै गयो, त्यसैले हामीले त्यो काम चाँडै सम्पन्न गर्नुपर्छ । यसको क्षमता र गुणस्तर जति बढ्दै गयो, यसको कभरेज जति बढ्दै गयो त्यति नै राम्रो हो । यसले पहिलो कुरा खर्च घट्छ र दोस्रो कुरा करप्शन हुँदैन । पहिलो चरणमा यो पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, सरकारी क्षेत्र, बिजनेस, एआईको पनि पोलिसी बनाउँदैछौँ । जेजे भनेपनि पूर्वाधार सम्बन्धी काम त यसकै हो । यसको पूर्वाधार तयार बनाउने भनेको टेलिकमकै हो । डिजिटल नेपालको पहिलो आयाम कहाँबाट शुरु गर्ने भन्दा सरकारी क्षेत्रबाट शुरु गर्नुपर्छ । उपत्यकाको मन्त्रालय, सरकारी कार्यालय, विभागमा इ गभर्मेण्ट शुरु गर्नुपर्छ । सात प्रदेश, ७५३ स्थानीय तहहरु छन् । वडाहरु छन् । प्रत्यक्ष रुपमा जनतासँग सम्बन्ध हुने स्थानहरुमा हामीले डिजिटल नेपालको प्रारम्भ गर्नुपर्छ । इगभर्मेण्ट्समा जानसके खर्च घट्छ, १० ठाउँमा जानुपर्नेमा एक ठाउँबाटै सकिन्छ । त्यसको लागि पूर्वाधार टेलिकमले पुर्याइदिनुपर्छ ।’
उनले प्रत्यक्ष रुपमा जनतासँग जोडिने ठाउँमा डिजिटल नेपालको प्रारम्भ सबैभन्दा पहिला गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असोज २०८१, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ
एमाले यही पाराले चले ८४ ले हावा खान्छ : पृथ्वीसुब्बा गुरुङ
पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने
मानवता नै सर्वोच्च धर्म हो : सञ्चारमन्त्री गुरुङ
यो सत्ता समीकरण ०८४ सम्मै जान्छ : सञ्चारमन्त्री गुरुङ