बाढीपहिरो अपडेट : २३९ जनाको मृत्यु, १९ अझै बेपत्ता

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, १० : ४२
बाढीपहिरो अपडेट : २३९ जनाको मृत्यु, १९ अझै बेपत्ता

काठमाडौ । केही दिनअघिको बाढीपहिरोमा परेर हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ। बाढीपहिराेमा परेर १९ जना बेपत्ता भएका छन्। 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरोमा परेर एक सय ७७ जना घाइते भएका छन्। 

प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ। बेपत्ताको खोजी र सहायता परिचालनको काम चलिरहेको उनले बताए।

बाढीपहिरोले अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको गृहमन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस