पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली चपलीमा

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, १२ : २६
पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली चपलीमा

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवास चपली पुगेका छन् ।

अहिले भण्डारी र ओलीबीच विविध विषयमा छलफल भइरहेको बुझिएको छ। पछिल्लो समयमा विकसित पार्टीको राजनीतिक स्थिति र अहिले देशले भोगिरहेको विपद्को पीडाबारे छलफल भइरहेको स्रोतले बताएका छ। पछिल्लो समय नेकपा एमालेको सार्वजनिक कार्यक्रमहरूमा भण्डारीको पूर्व राष्ट्रपति भण्डारीको उपस्थिति बाक्लिँदै गएको छ।

प्रतिक्रिया दिनुहोस