इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, १४ : ४९
इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं। टोकियो–जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इशिबा मङ्गलवार संसदको दुवै सदनबाट बहुमत प्राप्त गर्दै औपचारिक रुपमा जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री इशिबाले देशमा बढ्दै गएको आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर– २७ का लागि आकस्मिक निर्वाचन बोलाउन चाहेको बताएका छन् ।

एलडीपीको बहुमत रहेको जापानी संसदले मङ्गलवार इसशबाको नियुक्तिलाई अनुमोदन गरेको छ भने बुधवार नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने अपेक्षा गरिएको  छ ।

पूर्वमुख्य क्याबिनेट सचिव कत्सुनोबु काटोलाई अर्थमन्त्री बन्ने सुझाव दिइएको तथा जनरल नाकातानीले रक्षा र ताकेसी इवायाको विदेश मामिला लिने स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

सत्तारुढ गठबन्धनले नयाँ जनादेश प्राप्त गरेपछि इशिबाले मतदाताले महसुस गरेको आर्थिक स्थिरता र क्षेत्रीय सुरक्षा चिन्तासहित जापानका व्यापक चुनौतीहरूलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक गतिशीलतालाई पुनः आकार दिने र जनताको विश्वास पुनःस्थापित गर्ने अवसर पाएको बताएका छन् ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस