ललितपुर । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर मृत्यु भएका ६ जनाको शव ललितपुरमा भेटिएको छ । थप ६ जनाको शव भेटिएसँगै ललितपुरमा मृतकको संख्या ४० पुगेको ललितपुरका एसएसपी शेखर खनालले बताए ।
महांकाल गाउँपालिका–२ बस्ने ९ वर्षीय आयुष स्याङ्तान, महांकाल–२ स्थित ठोस्ने खोला बस्ने एकै परिवारका ४० वर्षीय राममाया स्याङतान, छोरा १४ वर्षीय अजय स्याङ्तान र अर्का छोरा ११ वर्षका सुवास स्याङतान र उनकी ९ वर्षीय छोरी सलिना स्याङ्तानको शव भेटिएको छ । महांकाल गाउँपालिका–३ गोटिखेलबाट बेपत्ता भएका ईश्वर तिमल्सिनाको पनि शव भेटिएको छ ।
मनसुनजन्य विपद्मा परेर ललितपुरबाट १० जना बेपत्ता छन् । बेपत्ताहरूको खोजी भइरहेको एसएसपी खनालले जानकारी दिए । विपद्मा परेर घाइते भएका ३ जनाको उपचार हुँदै छ । रौतहट घर भएर ललितपुर बस्ने ६ वर्षीय मेघना शाह, गोदावरी नगरपालिका–७ बस्ने ३४ वर्षीय ठुलीमाया रुम्बा र बामगति गााउँपालिका–४ बस्ने भूषण अर्यालको उपचार भइरहेको छ ।
बेपत्ताहरूको सुची :
१. सेतु साह, ललितपुर महानगर–१४ नखिपोट (५ वर्ष)
२. देवराज कार्की, ओखलढुङ्गा घर भएर ललितपुर बस्ने (४० वर्ष)
३. बिकाउ साह, रौतहट घर भएर नखिपोट बस्ने (३२ वर्षीय)
४. नाम नखुलेको ईश्वर तिमल्सिनाको आमा, महांकाल–३ गोटीखेल
५. गोम तिमल्सिना (ईश्वरको पत्नी)
६. विवेक सिंह, गोदावरी नगरपालिका–६ आनन्दबन अस्पतालमा कार्यरत (३० वर्ष)
७. केशव न्यौपाने, बागमती गाउँपालिका–१ घुसेल (५० वर्ष)
८. संजिता स्याङतान, महांकाल–२ (१२ वर्षीय)
९. छविलाल स्याङतान, महांकाल गाउँपालिका–२ (३५ वर्ष)
१०. छविलाल स्याङ्तानको भाउजू (नाम नखुलेको)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा
महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव भेटियो
प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेला
डेढ महिनादेखि बेपत्ता वृद्धको शव भेटियो
डोटीको जंगलमा भेटियो महिलाको शव
बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा