चर्को सार्वजनिक विरोधपछि नियमित दरमै हवाई टिकट

पत्रपत्रिकाबाट

सोमबार, १४ असोज २०८१, ०८ : ०५
चर्को सार्वजनिक विरोधपछि नियमित दरमै हवाई टिकट

काठमाडौ । चर्को सार्वजनिक विरोधपछि आन्तरिक वायु सेवा प्रदायकले तीन दिनका लागि नियमित दरमै हवाई टिकट बिक्री गर्ने भएका छन् ।

शुक्रबार र शनिबारको भीषण वर्षापछि देशभरका प्रमुख सडक अवरुद्ध हुँदा लामो दुरीका लागि हवाई यात्रा एक मात्र विकल्प बनेको थियो ।

हवाई सेवा प्रदायकले यसको फाइदा उठाउँदै आइतबार बिहानदेखि नै नियमित दरभन्दा ५० प्रतिशतसम्म बढीमा टिकट बेचेका थिए ।

विपत्को समयमा पनि चर्को दरमा टिकट बेचेपछि सार्वजनिक रूपमा आलोचना बढेको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस