काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बाढी, पहिरो, डुबानजस्ता राष्ट्रिय विपत्तिको क्षति न्यून गर्न सरकार चुकेको टिप्पणी गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्राकृतिक विपत्तिका सन्दर्भमा देशका प्रधानमन्त्री र मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको समेत उल्लेख गरेका छन् ।
उनले मौसमविद्को ‘रेड अलर्ट’बाट विपतलाई पुरै रोक्न नसके पनि क्षति न्यून गर्न अवश्य सकिन्थ्यो भन्दै यसमा सरकार चुकेको बताए ।
उनले लेखेका छन्, मौसमविद्को ‘रेड अलर्ट’बाट विपतलाई पुरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो। सरकार चुकेकै हो फेल भएकै हो। यो विपदको बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक छन्।’
प्रधानमन्त्री ओलीले हिजो राष्ट्रसंघीय महासभाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रेड अलर्ट’ जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताएका थिए । लिङ्देनले प्रधानमन्त्रीको यही अभिव्यक्तिप्रति लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठूला दलहरूले मधेशलाई भोट बटुल्ने माध्यम मात्रै बनाए : राजेन्द्र लिङ्देन
बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण लिन सकिन्छ भन्नु एमसीसीको व्याख्यात्मक टिप्पणी : राजेन्द्र लिङ्देन
सुदुरपश्चिम यात्रामा राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको प्रश्न- राप्रपा बाहेक भ्रष्टाचारको विरोधी पार्टी कुन छ ?
विपदको क्षति न्युन गर्न सरकार चुक्यो : राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान