काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने भएको छ ।
उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुने छ ।
अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले भने, ‘सुरुमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुनेछ । लगाउनुपर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्ने विकल्प हुनेछ । निर्वाचनबाट जे रिजल्ट आउँछ त्यही अनुसार नेतृत्व चयन गर्दा फेरि निर्वाचन गरिने छ ।’
उनले अगाडि भने, ‘अखिल क्रान्तिकारीको नेतृत्व चयनमा पूरै लोकतान्त्रिक विधि अपनाइने छ । यत्तिको लोकतान्त्रिक विधि अरु कुनै पनि संगठनमा भएको छैन ।’अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ । नेयाँ नेतृत्वमा दाबेदार धेरै भएपछि सहमति जुटेको छैन । साथै उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा पनि प्रतिनिधिहरु एकमत छैनन् ।
त्यसैले सोमबार बिहान अखिल क्रान्तिकारीको फ्र्याक्सन इन्चार्ज हिमाल शर्मासहित पदाधिकारीहरु पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास पुगेका थिए । सो छलफलमा अध्यक्ष प्रचण्डले पूरै लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।
भेटमा सहभागी अखिल क्रान्तिकारीका नेता जीपी मैनालीले अध्यक्ष प्रचण्डले माथिबाट कुनै निर्णय लाद्ने काम नहुने जानकारी गराउँदै ‘हलले जे भन्छ, त्यही मान्नुस्’ भनेर निर्देशन दिएको बताए । सोही निर्देशन अनुसार निर्वाचनमार्फत् नेतृत्व चयन गर्न लागिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी
अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेर हद, माघ १२ मा नेतृत्व चयन
अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदबारे छिनोफानो गर्न मतदान
उमेर हद विवादले रोकिएको अखिल क्रान्तिकारीको नेतृत्व चयन मंसिर २३ र २४ गते
अखिल क्रान्तिकारीको निर्वाचन प्रक्रिया स्थगित
अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा हुलदंगा