मकवानपुर। हेटौँडाबाट काठमाडौँ जोड्ने सबै सडक बाढीपहिरोका कारण अवरुद्ध भएको छ । बिहीबारदेखि अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा बाढीपहिरो जाँदा हेटौँडा–काठमाडौँं खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडि) तीर्थराज चिलुवालले त्रिभुवन राजपथ आज साँझसम्म सञ्चालनको तयारीअनुरुप काम भइरहेको बताए । उनका अनुसार त्रिभुवन राजपथबाहेक अन्य सडक भने सञ्चालनमा आउन केही समय लाग्नेछ । प्रहरीले पहिरो पन्छ्याउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १३ असोज २०८१, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरूद्ध
सडक कालोपत्रे गर्न माग गर्दै वडाध्यक्षले सडकमै सञ्चालन गरे कार्यालय
म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा जोडियो
कुसहा-मौवहा-बेल्ही सडक जीर्ण