काठमाडौं । झ्याप्ले खोलामा पुरिएका ११ जनाको शव निकालिएको छ । निकालिएका शवमध्ये ९ जना पुरुष र २ जना पुरुषका छन् । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।
सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनबाट काठमाडौँ आउँदै गरेका नरेन्द्र झ्याप्ले खोलामा मृत भेटिए
झाप्लेखोला पहिरो अपडेट : अहिलेसम्म ३५ शव निकालियो
झाप्लेखोला पहिरो : २९ वटा शव निकालियो , १३ जनाको पहिचान खुल्यो
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि
झ्याप्ले खोलाको पहिरोमा अर्को माइक्रो बस भेटियो
चितवनबाट काठमाडौं गएको माइक्रो सम्पर्कबिहिन