भरतपुर । चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौ छुटेको माइक्रोबस पनि सम्पर्क बिहिन भएको छ । सो माइक्रोपनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको आशंका गरिएको छ ।असोज ११ गते शुक्रबार दिउसो करिब २ बजे मनकामना माई यातायात प्रा।लि। मार्फत संचालित बा २ ख १३४५ नम्बरको बस सम्पर्क बिहिन भएको प्रालिका अध्यक्ष नर बहादुर रानाले जानकारी दिए ।
काउन्टरबाट चलानी नबनाई बाहिरबाहिरबाटै यात्रु चढाएर माइक्रोबस काठमाडौका लागि छुटेको र प्रत्यक्षदर्शीहरुका अनुसार माइक्रोबसमा चालक सहचालकसहित १७ जना रहेको बुझिएको रानाले जानकारी दिए । ‘शुक्रबार चितवनबाट काठमाडौको लागि छुटेको माइक्रोबस पनि भेटिएको छैन, चालक, सहचालक पनि सम्पर्कमा छैनन’, प्रालिका अध्यक्ष रानाले भने–‘सम्पर्कमा नआएका यात्रुका आफन्तहरुले पनि फोन गरिरहेका छन्, पहिरो झरेको ठाउँमा नै पुरियो की भन्ने आशंकाले हामी त्यसतर्फ जाँदैछौं । ’
टिकट काउन्टरबाट चलानी नबनाई हिँडेकोले सम्पर्कमा नरहेका यात्रुको संख्या समेत यकिन गर्न नसकिएको व्यवसायीहरुले बताएका छन् । प्रहरीले भने पहिरो निकै ठूलो रहेको र उद्दारको क्रममा शवहरु एक पछि अर्को भेटिरहेकोले पहिरोमा कति सवारी पुरिएका छन् र कति यात्रु पुरिएका होलान् भन्ने सम्म आकलन गर्न सकेको छैन । शनिबार राती एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्दार टोलीले आइतबार बिहान थप तीन जनाको शव निकालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनबाट काठमाडौँ आउँदै गरेका नरेन्द्र झ्याप्ले खोलामा मृत भेटिए
झाप्लेखोला पहिरो अपडेट : अहिलेसम्म ३५ शव निकालियो
झाप्लेखोला पहिरो : २९ वटा शव निकालियो , १३ जनाको पहिचान खुल्यो
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि
झ्याप्ले खोलाको पहिरोमा अर्को माइक्रो बस भेटियो
झ्याप्लेखोला पहिरोबाट निकालियो ११ शव, उद्धार जारी