यू-२० एशियन कपमा आज नेपालको सामना बहराइनसँग

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, ११ : ०६
यू-२० एशियन कपमा आज नेपालको सामना बहराइनसँग

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनको सामना गर्दैछ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल ३ खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ ।

यस अघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० ले पराजित भएको थियो ।

त्यस्तै बहराइनले २ खेलमा एक जित र एक हार बेहोरेको छ । बहराइनले पहिलो खेलमा चाइनिज ताइपेइलाई १-० ले पराजित गरेको थियो भने कम्बोडियासँग १-० ले पराजित भएको थियो ।

तुलनात्मक रुपमा बलियो मानिएपनि नेपालले आज बहराइनलाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रिने छ । २ खेल हारिसकेको हुनाले आज जित हासिल गरेपनि नेपालको एशिया कपमा छनौट हुने सम्भावना भने निकै कम छ । 
   

 

प्रतिक्रिया दिनुहोस