अमेरिका सहितको सहयोगमा निर्णायक युद्धको तयारीमा जेलेन्सकी

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, ०८ : ४५
अमेरिका सहितको सहयोगमा निर्णायक युद्धको तयारीमा जेलेन्सकी

एजेन्सी । युक्रेनी राष्ट्रपति भालोडोमिर जेलेन्सकी र अमेरिकी राष्ट्रपति जो बाइडेनका बिच ‘ विजयी योजना ’का बारे वार्ता भइरहेको छ । यस वार्तामा सैन्य सहयोग देखि आर्थिक सहयोगसम्मका विषयमा छलफल भएको अनुमान छ । 

सो बैठकमा बाइडेनको साथमा उपराष्ट्रपति तथा ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदकी प्रत्याशी कमला ह्यारिस समेतको उपस्थिति थियो । जेलेन्सकी सबै भन्दा धेरै मत स्विङ हुने पनेलेसेल्भिनयामा पुगेका छन् । यसलाई रिपब्लिक पार्टीले जेलेन्सकीको अमेरिका भ्रमण सहयोग माग्नका लागि मात्र नभएर निर्वाचनमा प्रभाव पानै समेत भएको टिप्पणी गरेको छ । 

यसै साता ट्रम्पले रुसी सैन्य शक्तिको धेरै नै प्रशंसा गरेका थिए । ‘उनीहरूले हिटलरलाई हराए र त्यस पछि नेपोलियनलाई पनि हराए । तसर्थ उनीहरू लडी नै रहने छन् ,’ ट्रम्पले भनेका थिए ।

जेलेन्सकीले यस भ्रमणमा बाइडेनसँग फेरि मिसाइलको सहयोग मागी रहेका छन् । अमेरिका र अन्य सहयोगी देशले  लामो दुरीको हतियार सहयोग बढाएमा युद्ध जित्न सकिने विश्वास जेलेन्सकीको छ । उनले केही दिन अघि मात्र यो युद्ध छोटो हुने बाटो भएको प्रतिक्रिया दिएका थिए । त्यसको लगत्तै उनी यस वार्तामा अग्रसर भएका थिए । 

युद्धको सुरुवातमा  धेरै नै क्षति सहेको युक्रेनले दुई महिना रुसलाई धेरै धक्का दिएको थियो । केही भूभाग कब्जा पनि गरेको छ । परन्तु यो महिना युद्धमा रुस नै हाबी भए पछि जेलेन्सकीले थप सहयोगका लागि अपिल गरी रहेका छन् । युरोपेली युनियनले पनि लगातार सहयोगको प्रतिबद्धता जनाएका कारण उनी यसमा आशावादी भएका हुन् । 

प्रतिक्रिया दिनुहोस