सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

सफल खबर संवाददाता

आइतबार, २३ असार २०८१, ०९ : ४३
सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

विराटनगर । पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । 

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा  ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस