रसुवा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युतमार्फत गरिब र विपन्न वर्गलाई धनी बनाउन सरकार लागिरहेको बताएका छन् ।
रसुवा जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाको निरीक्षणका क्रममा आज स्याफ्रुबेँसीमा आयोजित नेपाली काँग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिसँगको भेटमा उनले गरिब र विपन्न वर्गलाई जलविद्युत्को शेयर सुनिश्चित गर्न सरकार लागिरहेको बताए।
“स्थानीयवासीका लागि १० प्रतिशत शेयर भनिएको छ, उक्त शेयरमा गरिब तथा विपन्न वर्गको पहुँच अहिलेसम्म पुग्न सकेको छैन, उनीहरूलाई शेयरमा पहुँच पुर्याएर जीवनस्तर उकास्नका लागि सरकारले काम गर्छ,” उनले भने।
रसुवा जिल्लामा मंगलबार र बुधबार भएको स्थलगत निरीक्षणका क्रममा मन्त्री खड्काले चालु रहेको ६० मेगावाट माथिल्लो त्रिशूली वान, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र तथा निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनको अभावमा संरचना तयार भई उत्पादन बाँकी रहेको एक सय ११ मेगावाट रसुवागढी र ४२ दशमलव पाँच मेगावाट साञ्जेन जलविद्युत् आयोजना तथा निर्माणाधीन २१६ मेगावाट अपर त्रिशूली-१ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०९ असोज २०८१, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्ने मन्त्री खड्काको दाबी
मन्त्री खड्का र भारतका जलमन्त्री पाटिलबीच पञ्चेश्वर परियोजना अगाडि बढाउने विषयमा वार्ता
नेपाल र भारतका ऊर्जामन्त्रीबीच ऊर्जा विकासबारे छलफल
रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
खाँदबारी-किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
लोडसेडिङ हुन नदिन भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात हुन्छ : मन्त्री खड्का