निर्मला कुर्मीलाई न्याय दिन पहल गर्छु : वामदेव गौतम

सफल खबर संवाददाता

बुधबार, ०९ असोज २०८१, १६ : ०७
निर्मला कुर्मीलाई न्याय दिन पहल गर्छु : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्मला कुर्मीलाई न्याय दिन पहल गर्ने बताएका छन् । बुधबार माइतीघरमा निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत रूवी खानलगायतलाई भेटेर उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बादशाह कुर्मीमाथि थप अनुसन्धान गरेर कारबाही गर्न पहल गर्ने बताए ।

उनले भने,‘सरकार यो विषयमा गम्भीर देखिएन प्रधानमन्त्री विदेशबाट फर्किएपछि म आफैँ गएर प्रधानमन्त्रीलाई भेट्छु र बादशाह कुर्मीमाथि थप अनुसन्धान गरेर कारबाही गर्न लगाउँछु । निर्मला कुर्मीको न्यायको माग गर्दै रूवी खानलगायत ४८ दिनदेखि आन्दोलनरत छन् । 

 

प्रतिक्रिया दिनुहोस