हिरासतबाट भागेकामध्ये ४ जना थुनुवा पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, १४ : २३
हिरासतबाट भागेकामध्ये ४ जना थुनुवा पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट गएराति भागेकामध्ये चार थुनुवा फेरि पक्राउ परेका छन् । गएराति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले रोशन कुमार मण्डल, अभास्कर कुमार यादव र विक्की कार्कीका साथै सत्यम झालाई पक्राउ गरिएको जानकारी दिए।

झालाई प्रहरीले तत्कालै पक्राउ गरेकामा अन्यलाई पनि खोजतलासका क्रममा विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।  फरार अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस