यस्तो छ चीनका लागि प्रस्तावित राजदूत ओलीको कार्ययोजना (पूर्णपाठ)

सफल खबर संवाददाता

आइतबार, १६ भदौ २०८१, १३ : २४
यस्तो छ चीनका लागि प्रस्तावित राजदूत ओलीको कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत डा. कृष्णप्रसाद ओलीले आफ्नो कार्ययोजना पेस गरेका छन् । आइतबार बसेको समितिको बैठकमा उनले आफ्नो कार्ययोजना पेस गरेका हुन् ।

नेपालको स्वाधीनता, राष्ट्रिय सुरक्षा, अक्षुण्णता, दिगो शान्तिका लागि कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग र सहकार्य अघि बढाउने लगायतका उनको कार्ययोजनामा उल्लेख छ ।

यसैगरी अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा चीनका तर्फबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरूसँग नेपाललाई सहयोग पुर्‍याउन समन्वय र सहकार्य गर्ने पनि उनको कार्ययोजनामा उल्लेख छ ।

यस्तै नेपालका विभिन्न क्षेत्रहरूमा लगानी प्रवर्द्धन गर्न पहल गर्ने, बेइजिङमा रहेको दूतावासलाई व्यवस्थित गर्नेलगायत पनि कार्ययोजनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस