तेहरान । पूर्वी इरानको एक कोइला खानीमा भएको विस्फोटमा परेर कम्तीमा ५१ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले यो घटनाको पुष्टि गरेका छन् ।
खानीका दुईवटा ब्लकमा मिथेन ग्यास चुहिएर विस्फोट भएको बताइएको छ । यो खानी इरानको राजधानी तेहरानबाट करिब ५४० किलोमिटर टाढा थियो । विस्फोट स्थानीय समय अनुसार शनिबार राति ९ बजे तिर भएको थियो ।
‘विस्फोटको समयमा ब्लकमा ६९ जना कामदारहरू उपस्थित थिए,’ दक्षिणी खोरासानका गभर्नर जावेद गेनातजादेहले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार
अमेरिकालाई इरानको जवाफ: धम्की दिने सरकारसँग वार्ता गर्दैनौँ
इरानले सन् २०२४ मा ९०१ जनालाई मृत्युदण्ड दिएको छ : राष्ट्रसंघ
इरानको परमाणु केन्द्रमा इजरायलले गर्यो आक्रमण
इरानमा चरमपन्थी समुहको आक्रमण, १० प्रहरीको मृत्यु
इजरायलमाथि इरानको आक्रमण: तेहरानमा खुशी मनाइयो