राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

सफल खबर संवाददाता

शनिबार, ०५ असोज २०८१, ०८ : १६
राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

काठमाडौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस युकेको निमन्त्रणामा उनी शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । 

अध्यक्ष लिङ्देनले लण्डन र स्कटल्याण्डमा पानस युकेको आयोजनामा हुने छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन्। साथै, विभिन्न नेपाली संघसंस्थाद्वारा आयोजना हुने स्वागत तथा नेपाली समुदायसंग हुने छलफलमा सहभागी हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा उनको धर्मपत्नी सीता थापा लिङ्देन, प्रमुख सचेतक, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य, प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्की छन् । 

अध्यक्ष लिङ्देन असोज १० गते स्वदेश फर्किने श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस