अहिलेको संविधान रक्तरञ्जित छ, यसको पूनर्लेखन आवश्यक छ : राजेन्द्र महतो

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, ११ : ४१
अहिलेको संविधान रक्तरञ्जित छ, यसको पूनर्लेखन आवश्यक छ : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले संविधानको तत्काल पूनर्लेखनको आवश्यकत्ता औंल्याएका छन् । महतोले अहिलेको एकल राष्ट्रिय राज्यको चरित्रलाई बदलेर बहुल राष्ट्रिय राज्यको रुपमा घोषणा गर्नुपर्ने पनि माग गरेका छन् ।

आज संविधान दिवस कार्यक्रम बहिष्कार गरेर कालो दिवस मनाउन अपिल गरेका महतोले यस्तो माग गरेका हुन् । उनले अहिलेको संविधानलाई रक्तरञ्जित संविधानको संज्ञा दिएका छन् । संविधान जारी गर्दा सिंगो मधेश आन्दोलित हुँदापनि मधेशी वीर जनताको छातीमा गोली ठोकिएको उनले स्मरण गराएका छन् ।

यस्तो छ महतोले जारी गरेको विज्ञप्ती