काठमाडौँ। युरोपको सबैभन्दा प्रतिष्ठित क्लब फूटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत मंगलवार राति भएका ६ वटा खेलमा अधिकांश ठूला टोलीले जीत हासिल गरेका छन् ।
जर्मन क्लब बायर्न म्युनिख र क्रोएसियन क्लब जीएनके डाइनामोबीचको खेलमा गोलकाे वर्षा भएको छ । यी टोलीको गोल संख्या जोड्दा ११ हुन आउँछ ।
खेलमा डाइनामोमाथि बायर्नले ९ गोल गर्यो । डाइनामोले २ गोल फर्कायो । समग्रमा बायर्नले खेल ९–२ गोल अन्तरले जित्यो । यो खेलमा बायर्नका ह्यारी केन एक्लैले ४ गोल गरे । यस्तै अर्को खेलमा इटालियन क्लब युभेन्टसले डच क्लब पीएसभीलाई ३–१ गोल अन्तरले पराजित गर्दा इंग्लिस क्लब एस्टन भिल्लाले स्विस क्लब योङ ब्वाइजमाथि ३–० को जीत निकाल्यो ।
अर्को खेलमा ७ पटकको विजेतासमेत रहेको इटालियन क्लब एसी मिलान भने इंग्लिस क्लब लिभरपुलसँग ३–१ गोल अन्तरले पराजित हुन पुग्यो । यस्तै सर्वाधिक १५ पटकको विजेता स्पेनिस क्लब रियल म्याड्रिडले जर्मन क्लब स्टुगार्डलाई ३–१ गोल अन्तरले हरायो ।
यसैगरी अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले फ्रेन्च क्लब लिललाई २–० गोल अन्तरले हरायो । मंगलवार रातिदेखि २०२४–२५ को सिजनका खेल शुरू भएका हुन् । यो सिजनदेखि च्याम्पियन्स लिग नयाँ ढाँचाका शुरू भएको हो ।
नयाँ सिजनबाट ३२ को ठाउँमा समूह चरणमा ३६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह चरण अब ’लिग फम्र्याट’मा खेलाइने छ ।चार पटबाट गरिने ड्रअनुसार हरेक क्लबले ८ प्रतिस्पर्धी टोली पाएका छन् । जसमा एक टोलीले ४ होम र ४ अवे गरी कूल ८ खेल खेल्नुपर्ने छ ।
लिग चरणका खेल सकिँदा १ देखि ८ स्थानसम्म रहेका क्लबले सोझै अन्तिम १६ मा प्रवेश पाउनेछन् । त्यसपछि ९ देखि २४ स्थानसम्मका टोलीले भने एकअर्काविरुद्ध प्लेअफ राउन्डमा खेल्नेछन् । प्लेअफ राउन्ड नकआउट फर्म्याटमा हुनेछ ।
समूह चरणका खेल सकिँदा अंकका आधार २५ देखि ३६ स्थानसम्मका ११ टोली भने रेलिगेसनमा जानेछन् । रेलिगेसनमा गएका यी ११ टोलीले अर्को सिजन खेल्न पाउने छैनन् । अर्को सिजन वरीयताका आधारमा नयाँ टोलीले प्रतियोगितामा प्रवेश पाउने नियम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो बायर्न, फाइदा लिभरकुसेनलाई
बायर्न म्युनिख घरेलु मैदानमै ब्रेमेनसँग पराजित