काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले साम्प्रदायिक गतिविधिमा लागेको आरोप लगाएका छन् ।
आजपा अध्यक्ष साहले आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै प्रधानमन्त्री ओलीको मधेस विरोधी साम्प्रदायिक गतिविधिको विरोध गरेका हुन् । सरकार आफैले बनाएको विद्यार्थी–शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेसी विद्यार्थीको भविष्य बरबाद गरिरहेको आरोप साहको रहेको छ ।
ओली सरकारको साम्प्रदायिक हर्कत भन्दै साहले अगाडि लेखेका छन्, ‘पहाडी जिल्लाहरूमा १८ विद्यार्थीमा १ शिक्षकको दरले शिक्षक दरबन्दी वितरण गरेको ओली सरकारले मधेसमा १०० विद्यार्थीको अनुपातमा १ शिक्षकको ब्यवस्था गरेको छ । जसको कारण आज मधेसमा शिक्षक दरबन्दीको अभावमा एउटा कक्षा कोठामा १०० देखि ३०० सम्म विद्यार्थी कोचेर पठनपाठन गर्न बाध्य छन् ।
विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलनरत आम विद्यार्थी मोर्चाको माग सम्बोधन गर्नुको साटो प्रधानमन्त्री ओली सरकारले उल्टै राणाकालीन शैलीमा तर्साउने हर्कत गरिरहेको साहले जनाएका छन् । ओली सरकारले राणाकालीन शैलीमा तर्साउने र साम्प्रदायिक गतिविधि नसच्याए बङ्गलादेश जस्तै उनको सरकार ढाल्न विद्यार्थीहरू सडकमा आउने र त्यसलाई सरकारले रोक्न नसक्ने उनले जनाएका छन् ।
पछिल्लो समय आजपा निकटको आम विद्यार्थी मोर्चा मधेस प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै चरणबद्ध आन्दोलनमा छ । मधेसका सयौँ विद्यालयमा विद्यार्थी मोर्चाले संगठन बिस्तार गरेको छ ।
अहिले विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साह सहितका विद्यार्थी एवं पार्टीका नेताहरू संगठन गठन, पुनर्गठन गर्दै संघर्षका कार्यक्रम अनुसार अगाडी बढी रहेका छन् । जसकारण ओली सरकार तर्सिएको छ र आन्दोलन दबाउ साम्प्रदायिक हर्कत गरिरहेको आरोप विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले लगाए ।
आजपा मधेस प्रदेश कमिटीले समेत शिक्षकको माग गर्दै आम शैक्षिक हडतालका साथै आन्दोलनका विभिन्न कार्यक्रम समेत घोषणा गरेको छ । मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हड्तालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असोज २०८१, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधन मात्र हैन खारेज गर्नुपर्छ: प्रभु साह
कांग्रेस र एमालेले दुवै दलले मतदातालाई धोका दिए : प्रभु साह
घरेलु कामदार सम्बन्धी कानुन निर्माण गर्न प्रभु साहको माग