काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले घरेलु कामदारहरू असुरक्षित एवं शोषित भइरहेको बताएका छन् । असुरक्षित एवं शोषित भइरहेका घरेलु कामदारहरूका लागि सरकारले तुरुन्त घरेलु कामदार सम्बन्धी कानुन निर्माण गर्नुपर्ने उनले बताए ।
आजपा निकटको आम ट्रेड युनियन फेडरेशन नेपालको काठमाडौँमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले घरेलु कामदारहरूको हकहित एवं अधिकार सहितको कानुन निर्माण हुनुपर्ने बताए ।
नेपालमा घरेलु कामदार सम्बन्धी कुनै कानुन नभएकाले यहाँ घरेलु कामदारहरू मालिबाट पीडित भएको र काम अनुसारको पारिश्रमिक समेत नपाउने सत्य कुरा सरकारलाई थाहा नहुनु दुर्भाग्य भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ जेठ २०८१, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधन मात्र हैन खारेज गर्नुपर्छ: प्रभु साह
कांग्रेस र एमालेले दुवै दलले मतदातालाई धोका दिए : प्रभु साह
माग सम्बोधन गर्नुको साटो सरकारले उल्टै तर्साउन खोज्यो : प्रभु साह