एक महिनामा वाणिज्य बैंकहरूले कमाए ९ अर्ब, कुन बैंकको नाफा कति ?

सफल खबर संवाददाता

मंगलबार, ०१ असोज २०८१, १२ : ५४
एक महिनामा वाणिज्य बैंकहरूले कमाए ९ अर्ब, कुन बैंकको नाफा कति ?

काठमाडौं। चालू आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूले १० अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात् साउनमा मात्रै बैंक तथा वित्तीय संस्थाहरूले १० अर्ब २६ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आर्जन गरेको खुद नाफामा वाणिज्य बैंकहरूले मात्रै ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको देखिएको छ ।

 

 

 

त्यस्तै, साउन महिनामा मात्रै विकास बैंकहरूले ८५ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । भने, फाइनान्स कम्पनीले २३ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

कुन वाणिज्य बैंकको नाफा कति ? 

 

 

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये ग्लोबल आईएमई बैंक लिमिटेडले सर्वाधिक नाफा आर्जन गरेको छ । त्यस्तै सबैभन्दा कम माछापुच्छ्रे बैंक लिमिटेडले खुद नाफा कमाएको छ ।

ग्लोबल आईएमई बैंकले साउन महिनामा मात्रै ८९ करोड २४ लाख ५० हजार खुद नाफा कमाएको छ । त्यस्तै, नबिल बैंकले ८० करोड ३३ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ ।त्यसैगरी सबैभन्दा कम माछापुच्छ्रे बैंकले २० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । ​

हेर्नुहोस् कुन बैंकको नाफा कति :

प्रतिक्रिया दिनुहोस