सबैभन्दा नाफा वृद्धि नेपाल बैंकको, नाफा कमाउने नबिल

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०८२, १५ : १४
सबैभन्दा नाफा वृद्धि नेपाल बैंकको, नाफा कमाउने नबिल

काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको चैतसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार २० वाणिज्य बैंक मध्ये आधा जसो बैंकको नाफा घटेको छ ।

देशले भोग्दै आएको आर्थिक शिथिलताको असर वाणिज्य बैंकहरुमा देखिएको छ । आर्थिक शिथिलताका कारण व्यवसाय विस्तार गर्न सक्दा बैंकहरुको नाफामा कमी देखिएको छ । 

वाणिज्य बैंकहरुको नाफामा घटे पनि समग्रमा राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्थामा लिएको लचिलो नीतिका कारण वृद्धि भएको छ । चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैतसम्म वाणिज्य बैंकहरुले गत वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले मात्रै नाफा वृद्धि गर्न सफल भएका छन् ।

२० वाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ४१ अर्ब २४ करोड २८ लाख ५९ हजार खुदनाफा कमाएका छन् । गत वर्षको सोही अवधिमा ४० अर्ब ६७ करोड ८९ लाख ६२ हजार रुपैयाँ नाफा कमाएका थिए । गत वर्षको तुलनामा  सोही महिनाको अवधिमा १.४ प्रीतशत अर्थात् ५६ अर्ब ३८ करोड रुपैयाँ नाफा वृद्धि गर्न सफल भएको छन् ।

९ महिनामा २० वाणिज्य बैंक मध्ये ११ बैंकले नाफा कमाएमा छन् भने ९ वाणिज्य बैंकको नाफा घटेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार पछिल्लो ९ महिनामा सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक भएको छ भने सबैभन्दा बढी नाफा वृद्धि गर्ने सरकारी बैंक भने नेपाल बैंकले गरेको छ ।

गत वर्षको चैत मसान्तमा नबिलले ४ अर्ब ६६ करोड खुद नाफा कमाएकोमा एक वर्षको अवधिमा ८.२ प्रतिशत नाफा वृद्धि गरी ५ अर्ब ५ करोड रुपैयाँ कायम गरेको छ ।

९ महिनाको अवधिमा नेपाल बैंकको खुदनाफा २ सय गुणाले वृद्धि भएको छ । गत वर्षको चैत मसान्तमा १३ करोड रुपैयाँ मात्रै रहेको खुदनाफा चालु वर्षको सोही अवधिमा २ अर्ब ७८ करोड रुपैयाँ कायम गरेको छ । सबैभन्दा बढी नाफा वृद्धि गर्ने सरकारी बैंक बनेको छ । चालु आवको ९ महिनाको अवधिमा सबैभन्दा बढी खुदनाफा नेपाल बैंकले गर्दा एनआइसी एसिया बैंकको सबैभन्दा बढीले नाफामा घटेको छ ।

 bank-profit

सबैभन्दा नाफा वृद्धि नेपाल बैंकको, नाफा कमाउने नबिल 

२० वाणिज्य बैंक मध्ये सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक रहेको छ । भने सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकले समीक्षा अवधिमा २०३२.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको १ अर्ब ३० करोड ५ लाख नाफा कमाएको बैंकले एक वर्षमा २०३२.८ प्रतिशतले वृद्धि गरेर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ कमाएको छ ।

त्यस्तै,नबिल बैंकले अघिल्लो वर्ष ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएकोमा एक वर्षमा ८.२ प्रतिशतले वृद्धि गरी ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ ।  

समीक्षा अवधिमा एभरेस्ट बैंकले ३९.८७ प्रतिशतले वृद्धि गरी ३ अर्ब ४० करोड, नेपाल इन्भेस्टमेन्ट मेगाले ३८.६१ प्रतिशतले वृद्धि गरी ४ अर्ब ५४ करोड, ग्लोबल आइएमईले ३७.१२ प्रतिशतले वृद्धि गरी ४ अर्ब ५३ करोड र माछापुच्छ्रेले २८.८९ प्रतिशतले वृद्धि गरी १ अर्ब १० करोड खुद नाफा आर्जन गरेको छ। उक्त अवधिमा सानिमा बैंकले २१.३९ प्रतिशतले वृद्धि गरी १ अर्ब ६९ करोड, नेपाल एसबीआईले ११.९५ प्रतिशतले वृद्धि गरी १ अर्ब ३० करोड, एनएमबि बैंकले ५.८८ प्रतिशतले वृद्धि गरी २ अर्ब ३७ करोड, प्रभुले ३.५१ प्रतिशतले वृद्धि गरी १ अर्ब ८७ करोड र लक्ष्मी सनराइज बैंकले २.२४ प्रतिशतले वृद्धि गरी १ अर्ब ६५ करोड रुपैयाँ खुदनाफा कमाएको छ । 

सबैभन्दा बढी एनआईसी एसिया बैंकको नाफा घट्यो 

गत वर्षको चैत मसान्तमा आर्जन गरेको खुदनाफामा चालु वर्षको सोही अवधिमा  ९ वटा वाणिज्य बैंकको खुदनाफा घटेको छ। २० वाणिज्य मध्ये ९ बैंकको खुद नाफा घट्दा सबैभन्दा धेरै एनआईसी एसिया नाफा घटेको छ । एनआईसी एसिया बैंकको ९ महिनामा ९१.८१ प्रतिशतले घटेर १५ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा  १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ बढी रहेको थियो ।  

त्यस्तै,समीक्षा अवधिमा हिमालयन बैंकको ७४.३३ प्रतिशतले घटेर ५० करोड, प्राइमको २२.५६ प्रतिशतले घटेर २ अर्ब २२ करोड, सिटिजन्स बैंकको २०.६० प्रतिशतले घटेर ९६ करोड, स्ट्याण्डर्ड चार्टर्डको ११.१७ प्रतिशतले घटेर २ अर्ब १७ करोड, कृषि विकासको १०.१७ प्रतिशतले घटेर १ अर्ब ८४ करोड, सिद्धार्थ बैंकको १.१९ प्रतिशतले घटेर १ अर्ब ६० करोड रुपैयाँमा, कुमारी बैंकको ७२.८५ प्रतिशतले घटेर २८ करोड र राष्ट्रिय वाणिज्यको ४९.३३ प्रतिशतले घटेर १ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।  

वाणिज्य बैंकहरुको नाफा (रु हजारमा)

jfl0fHo-a