अधिकांश बैंकको बयाजदर स्थिर, कसको कति ? [सूचीसहित]

सफल खबर संवाददाता

मंगलबार, ०१ माघ २०८१, ११ : ४३
अधिकांश बैंकको बयाजदर स्थिर, कसको कति ? [सूचीसहित]

काठमाडौं। वाणिज्य बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । मंगलबारदेखि लागु हुनेगरी २० वटा वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।अधिकांश वाणिज्य बैंकहरूले पुरानै(पुस) ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई बैंकले घटाएका छन् ।

चालू आर्थिक वर्षको पहिलो महिनादेखि निरन्तर घट्दै गइरहेको निक्षेपको ब्याजदर पुस महिनामा केही बढेको थियो । माघका लागि नेपाल एसबीआई बैंक र कृषि विकास बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । त्यस्तै लक्ष्मीसनराइज् बैंकले मात्रै मुद्दती निक्षेको ब्याजदर बढाएको छ ।

यसबाहेकका बैंकहरूले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । माघ महिनाका लागि वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर औसतमा ६.००१ प्रतिशत रहेको छ । जुन पुस महिनामा ६.०२५ प्रतिशत रहेको थियो । 

 

 

 

 

 

कुन बैंकको ब्याजदर कति ? 

null