माओवादीले अनावश्यक बखेडा झिकेर संसद गिजोल्न खोज्यो : एमाले

सफल खबर संवाददाता

आइतबार, ३० भदौ २०८१, १४ : ५६
माओवादीले अनावश्यक बखेडा झिकेर संसद गिजोल्न खोज्यो : एमाले

काठमाडौँ । नेकपा एमालेले नियमापत्तिउपरको निर्णय अधिकार सभामुखको भएको भन्दै माओवादीले अनावश्यक बखेडा झिकेर गिजोल्न खोजेको टिप्पणी गरेको छ । सदन खुलाउने विषयमा सचेतक र सभामुखबीच भएको बैठकबाट निस्कँदै एमाले प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रुलिङ हरेक सांसदले मान्नुपर्ने बताए ।

‘सभामुखको रुलिङ मान्नु हरेक सांसद कर्तव्य हुन्छ । नियमापत्तिउपर निर्णय गर्ने अधिकार सभामुखको हो । तर, निर्णयको खिलाफमा माओवादीले अवरुद्ध गर्ने भन्यो । यो बेठीक छ । सभामुखले गरेको रुलिङ नमान्ने हो भने कसले भनेको मान्ने त ?’, बर्तौलाले भने, ‘यो विषयमा अडान लिँदै जाने हो भने माओवादीलाई क्षति हुन्छ । हाउसको सुव्यवस्था कायम गर्ने को हो त । नियमावली हामीले नै बनाएको हो । यसले संसदीय प्रणाली सुदृढ हुँदैन ।’

चाहेअनुसारको निर्णय आए ठिक नत्र बेठीक भन्ने भाष्य सिर्जना गर्न खोजियो भने हाउस मर्यादित नहुने उनले बताए ।माओवादीले एमाले सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो । उक्त शब्दले जनयुद्धकै अपमान गरेको ठहरसहित माओवादीले सदन निर्णय अवरुद्ध गर्ने निर्णय गरेको छ ।

सभामुख घिमिरेले संसदको नियमावली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा हिंसा शब्द असंसदीय नभएको जानकारी गराएका थिए ।

उपसभामुखको विषय ३र४ महिनाअघि नै सदनमा उठेको अहिले सत्ता पक्षले नउठाए पनि तर, रास्वपा र प्रतिपक्षीले एक्कासी सरकारलाई नै हिलो छ्याप्न ल्याएको उनको जिकिर छ ।

‘एकाएक रास्वपाकै सचेतकले नै फायर खोल्ने काम भयो । सरकारलाई नै हिलो छ्याप्ने भयो । माओवादीका प्रमुख सचेतक र सांसदहरूले बोलेपछि हामीले बोलेका हौँ । यो विषय अहिले सत्तापक्षले उठाएको होइन’, बर्तौलाले भने ।

माओवादीले पनि सभामुखको कमजोरी भयो भन्ने निर्णय गरिसकेको भन्दै उनले भने, ‘कमजोरी भनेर निर्णय गर्ने अनि बोक्न मिल्छ रु अब हामी प्रश्न उठाउँछौँ । रास्वपाले नै विषय नै उठाइसकेपछि यसको राफसाफ गर्नुपर्छ । हामी सत्ता पक्षको बीचमा यो विषयमा कुनै छलफल निर्णय भएको छैन । प्रतिपक्षी र रास्वपाले नै उठाएका हुन् ।’

 

प्रतिक्रिया दिनुहोस