एजेन्सी । महिनौंको गतिरोधपछि गाजामा इजरायल र हमासबीच युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत हुने नयाँ संकेतहरू देखिएका छन् ।
अप्रत्यक्ष वार्तामा संलग्न एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले वार्ता 'अन्तिम र निर्णायक चरणमा' रहेको बताए।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले सम्झौता पहिलेभन्दा धेरै नजिक भएको बताएको बीबीसीले जनाएको छ ।
पछिल्ला सातामा अमेरिका, कतार र इजिप्टले मध्यस्थताको प्रयास पुनः शुरू गरेका थिए । इजरायली प्रतिनिधिमण्डल कतारको राजधानी दोहामा रहेको छ ।
प्यालेस्टिनी अधिकारीले यो तीन चरणको योजनामा गाजामा बन्धक बनाएका सर्वसाधारण र महिला सैनिकलाई पहिलो ४५ दिनमा रिहा गरिने बताएका छन् ।
दोस्रो चरणमा, बाँकी बन्धकहरूलाई रिहा गरिनेछ र सैनिकहरूलाई हटाइने उल्लेख छ । अन्ततः तेस्रो चरणमा युद्ध रोकिनेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ पुस २०८१, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा युद्धविराम गराउन दोहामा बार्ता शुरु
अमेरिकी युद्धविराम प्रस्ताव इजरायलद्वारा अस्वीकार
सरकारी प्रतिनिधिबिनै सुडानको युद्धविराम वार्ता शुरू हुँदै
गाजामा युद्धविरामका लागि हमासमाथि दबाब बढाउँदै अमेरिका