काठमाडौं। यागी आँधीपछि म्यानमारमा भीषण बाढी आएको छ । अधिकारीहरूका अनुसार बाढीका कारण करिब दुई लाख ३० हजार मानिसले आफ्नो घर छाड्नुपरेको थियो। सरकारी सञ्चारमाध्यमका अनुसार देशको सत्तारूढ दलले बाढीको प्रभाव कम गर्न वैदेशिक सहायता माग गरेको छ । राजधानी नेपिडाउ बाढी प्रभावित क्षेत्र मध्ये एक हो।
म्यानमारको सेनाले भनेको छ, ‘बाढीका कारण अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको छ ।'सरकारी दैनिक ‘न्यु लाइट अफ म्यानमार’ ले घरबारविहीन भएका बाढी पीडितहरूका लागि केही अस्थायी राहत शिविरहरू स्थापना गरिएको जनाएको छ।
यस वर्ष एसियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चिनियाँ टापु हेनान र फिलिपिन्स पनि प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ भदौ २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु