एजेन्सी । टी-२० सिरिजको दोस्रो खेलमा इङल्याण्डले अस्ट्रेलियालाई पराजति गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको १९४ रनको लक्ष्य पछाएको इङल्याण्डले १९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
इङल्याण्डको जितमा लियम लिभिङस्टोनले सर्बाधिक ८७ रन बनाएका थिए भने जाकोब बेथेलले ४४ तथा फिल साल्टले ३९ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर म्याथ्यु शर्टले सर्बाधिक ५ विकेट लिए भने सिन एबोटले २ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउदै १९३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि जेक फ्रासर म्याकग्रुकले सर्बाधिक ५० रन बनाए भने जोस इंगलिसले ४२, ट्राभिस हेडले ३१ तथा म्याथ्यु शर्टले २८ रन बनाएका थिए ।
त्यसैगरी इङल्याण्डका बलर लियम लिभिङस्टोन र ब्राइडन कार्सले २-२ विकेट लिएका थिए ।
यो जितपछि ३ खेलको सिरिज १-१ को बराबरीमा आएको छ र अब सिरिजको तेस्रो खेल आइतबार हुने छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २९ भदौ २०८१, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज
अस्ट्रेलियाको मेलबर्नमा आगलागीमा परेर नेपाली युवाको मृत्यु
इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी
आईसीसी टी–२० विश्वकप : अफगानिस्तानद्धारा अस्ट्रेलिया २१ रनले पराजित
अस्ट्रेलियाले स्कटल्यान्डलाई हराउँदा इंग्ल्यान्ड सुपर ८ मा