नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्शत जमानत दिएको छ । जमानतमा छुटेपनि उनले मुख्यमन्त्रीको रूपमा कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्न पाउने छैनन् ।
मुख्यमन्त्रीको काम गर्न नपाउने भएपछि कुर्सीमा किन भनेर भारतीय जनता पार्टी (भाजपा)का दिल्ली अध्यक्ष वीरेन्द्र सचदेवाले प्रश्न गरेका छन् । उनले केजरीवालको पदबाट राजीनामा दिनुपर्ने पनि बताए । सशर्त जमानत दिएर अदालतले केजरीवालको गिरफतारी वैध भएको र आरोप पनि वैध छ भन्ने स्पष्ट गरेको उनको भनाइ छ ।
केजरीवालले सशर्त जमानत पाउनु विशेष उपलब्धि नभएको पनि उनले बताए ।उनीमाथिको मुद्दा जारी नै रहेको र छिट्टै लामो सजाय हुने पनि उनले बताए । केजरीवाल जयललिता, लालु यादव, मधु कोडा जस्ता मुख्यमन्त्रीहरूको सूचीमा परेका र उनीहरूले जस्तै जमानत पाए पनि छिट्टै सजाय पाएर जेल जाने सचदेवाले भने ।
अदालतले जुन शर्त राखेर केजरीवाललाई जमानत दिएको छ त्यसमा उनलाई मुख्यमन्त्री पदमा बस्ने अधिकार नभएको उनले बताए । उनले मुख्यमन्त्रीको काम गर्न सक्दैनन् भने मुख्यमन्त्री किन बनिरहने भन्दै प्रश्न गरेका छन् । केजरीवाल इमान्दार छन् भने राजीनामा किन दिँदैनन् भन्दै उनले प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालले हारे चुनाव
बढ्यो केजरीवालको न्यायिक हिरासतमा रहने समय अवधि
केजरीवालले पाए अन्तरिम जमानत, तर केही समय जेलमै रहने
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाइयो
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
अदालतबाट केजरीवालले पाएनन् राहत