नेपालले अमेरिकामा खेल्ने लिग–२ को खेल तालिका सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २७ भदौ २०८१, १४ : ५८
नेपालले अमेरिकामा खेल्ने लिग–२ को खेल तालिका सार्वजनिक

काठमाडौं । नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ । लिग-२ मा नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १० : १५ मा सुरु हुनेछन् ।

नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ ।

त्यसपछि यी तीन टोलीबीच टी-२० सिरिज हुनेछ । लिग–२ र त्रिकोणात्मक टी-२० आई सिरिज खेल्न नेपाली टोली मंगलबार राति क्यानडातर्फ गइसकेको छ । नेपालका कन्सल्टेन्ट प्रशिक्षक जगत टमाटा भने भिसा आवेदन ढिला गरेका कारण टोलीसँग जान पाएका छैनन् ।

नेपालले लिग २ मा क्यानडासँग १६ र २२ सेप्टेम्बरमा खेल्नेछ । त्यस्तै ओमानसँग १८ र २४ सेप्टेम्बरमा लिग–२ मा प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

क्यानडामा यी खेल सकिएपछि नेपाली टोली अमेरिका जानेछ ।

 

प्रतिक्रिया दिनुहोस