एजेन्सी । भारतले बङ्गलादेशविरुद्ध खेल्ने पहिलो टेस्टका लागि टिमको घोषणा गरेको छ ।
भारतले सेप्टेम्बर १९ देखि बङ्गलादेशविरुद्ध २ खेलको टेस्ट सिरिज खेल्दै छ । पहिलेको टेस्टका लागि भारतले १६ खेलाडीको टिम घोषणा गरेको हो ।
भारतीय टिममा रोहित शर्मा (कप्तान), यशाश्वी जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषव पन्त, ध्रुव जुरेल, आर आश्विन, रविन्द्र जडेजा, अक्सर पटेल, कुलदीप यादव, मोहमद सिराज, आकाश दीप, जसप्रित बुमराह र यश दयाल रहेका छन् ।
भारतले सेप्टेम्बर १९ देखि पहिलो र २७ देखि दोस्रो टेस्ट खेल्दै छ । त्यस्तै बंगलादेशको भारत टुरमा तीन खेलको टी-२० सिरिज पनि खेल्दै छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ भदौ २०८१, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो
इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत पुग्ने अनुमान
भारतमा महाकुम्भ भाग दौडमा १५ जनाको मृत्यु