हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डाको मूल संवाहक राप्रपा नेपाल : कमल थापा

सफल खबर संवाददाता

आइतबार, २३ भदौ २०८१, ०८ : १४
हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डाको मूल संवाहक राप्रपा नेपाल : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डाको मूल संवाहक राप्रपा नेपाल भएको बताएका छन् ।

 काठमाडौंको जोरपाटीमा आयोजित क्षेत्रीय प्रशिक्षणमा बोल्दै थापाले सत्ता केन्द्रीत होइन सिद्धान्त केन्द्रित नीति र आन्दोलनलाई केन्द्रमा राखेर राष्ट्रबादी शक्ति एक ठाउँमा आउनुपर्नेमा समेत जोड दिए ।

 थापाले नेपाली राजनीति ध्रुविकृत हुँदै गरेकोले साम्यवादी/पुँजिवादी शक्तिहरूको विकल्पमा राष्ट्रवादी शक्तिहरु पनि एक हुनुपर्ने जरुरी भएको बताए ।विगतका त्रुटिबाट सबैले पाठ सिकेर अघि बढ्नु पर्नेमा जोड  दिदै थापाले एकताको न्युनतम शर्त 'सत्ता केन्द्रित होईन सिद्धान्तकेन्द्रित नीति र आन्दोलन' हुनुपर्ने समेत स्पष्ट पारे । उनले ०८४ साल अगावै भ्रष्ट शासकहरूबाट देशलाई मुक्त गर्नु पर्ने भएकोले आन्दोलनको तयारी गर्नुपर्ने आबश्यकता औल्याए।

प्रतिक्रिया दिनुहोस