सोल । दक्षिण कोरियामा जन्मदर तीव्र गतिमा घटिरहेको छ । यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्न प्रयासहरू अहिलेसम्म पर्याप्त सफल हुन सकेका छैनन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाले विगत केही वर्षदेखि आफ्ना युवाहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्नका लागि अनगिन्ती पहल गरेको छ, तर यस प्रयासको अझै सफलता हात पारेको छैन ।
२०२३ को अन्त्यसम्म, दक्षिण कोरियाको जन्मदर प्रति हजार जनसङ्ख्या ०.७५ रहेको थियो । जुन विश्वभरिका सबैभन्दा कम जन्मदरमध्ये एक हो ।यस वर्षको पहिलो त्रैमासिकमा पनि जन्मदर अझै बढ्न नसकेको रिपोर्ट सार्वजनिक भएको छ । अत्यन्त कम जन्मदर दक्षिण कोरियामा लामो समयदेखि चलिरहेको समस्या हो । जसले जनसाङ्ख्यिक र सामाजिक चुनौतीहरू सिर्जना गरेको छ ।
दक्षिण कोरियाकै केन्द्रीय बैंकको तथ्याङ्कले ३० वर्षभन्दा माथिका व्यक्तिहरूको बचत दरमा पनि घटबढ देखाएको छ । पाँच वर्षअघि २९.४ प्रतिशत रहेको बचत दर हाल पहिलो त्रैमासिकमा २८.५ प्रतिशतमा झरेको छ । यसले आर्थिक पाटोमा पनि भविष्यमा समस्या ल्याउने आङ्कलन गरिएको छ ।
कोरियामा २०–३० वर्ष उमेर समूहका युवा युवतीहरूले हालका वर्षहरूमा डिपार्टमेन्ट स्टोरहरू र ठुला होटेलहरूमा अत्यधिक खर्च गरेका छन् । यो अवधि भित्र उनीहरूको यात्रा खर्च ३ वर्षको अवधिमा ३३.३ प्रतिशतबाट बढेर ४०.१ प्रतिशत पुगेको छ । तर यो तथ्यले जन्मदरलाई सुधार्न पर्याप्त योगदान पुर्याउन सकेको छैन ।
दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्त्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो । धेरै युवाहरूले विवाह र परिवारको जिम्मेवारीबाट बच्न चाहन्छन्, जसले गर्दा जन्मदरमा थप गिरावट आएको छ ।
सन् २०२२ देखि दक्षिण कोरियाले बच्चा जन्मँदा आमालाई २० लाख कोरियाली वन (एक हजार ५१० अमेरिकी डलर) दिँदै आएको छ । त्यसपछि एक वर्षसम्म प्रत्येक महिना सात लाख वन (५२८ अमेरिकी डलर) दिने गरिएको छ ।
दुई वर्षसम्म प्रत्येक महिना तीन लाख ५० हजार वन अर्थात् २६४ अमेरिकी डलर दिने गरिन्छ । यस्तै, प्राथमिक विद्यालय पढ्ने बेलासम्म प्रत्येक महिना १५१ अमेरिकी डलर दिने गरिन्छ । गरिब परिवारलाई थप रकम उपलब्ध गराउने नीति नै लिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ भदौ २०८१, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे