कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की

सफल खबर संवाददाता

शनिबार, २२ भदौ २०८१, १३ : ४८
कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका छन् ।​ २१औं निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कर्मचारीहरूले स्वच्छ आचरण र उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्ने बताए ।

 

 

सुशासन र विकासमा सबै अग्रसर हुनुपर्ने जनाउँदै उनले निष्ठापूर्वक जनताको सेवामा कर्मचारीहरू समर्पित हुनु जरुरी रहेकामा जोड दिए । मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको प्रत्यक्ष तथा परोक्ष योगदान रहेको बताए ।

 

 

 

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउनुको विकल्प नरहेको उनको भनाइ थियो ।निजामती सेवाको आदर्श र व्यवहार नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने जनाउँदै उनले दिवसले निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिने उल्लेख गरे ।

उनले सन्देशमा र कर्मचारीहरू उच्च नैतिक आचरण र पेशागत मर्यादामार्फत जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।