विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।
सुनसरीको इटहरीमा उद्योग सङ्गठन मोरङले आज आयोजना गरेको ‘व्यावसायिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन प्रणाली’ विषयक गोष्ठीमा उनले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताए ।
मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै औद्योगिक कामदारले भोग्नुपरेका समस्याबारे गोष्ठीको निष्कर्षले थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले लगानी सम्मेलन सफल बनाउन उद्योगी व्यवसायीको सल्लाह र सुझाव महत्वपूर्ण हुने भएकाले सो विषयमा पनि सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
जनताको पहिलो सरकार बर्दिवाला प्रहरी : मुख्यमन्त्री कार्की
कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की
किसानलाई दूधको ३२ करोड रुपैयाँ भुक्तानी दिलाउन मुख्यमन्त्रीको पहल
न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनुहुन्न : मुख्यमन्त्री कार्की
धान रोप्दै कोशीका मुख्यमन्त्री कार्कीले भने- युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ