काठमाडौं। संघीय निजामती विधेयकमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफल प्रारम्भ भएको छ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको समयमा २०८० फागुन २१ गते प्रतिनिधिसभामा दर्ता भएको विधेयकमाथि ५ महिनापछि समितिमा छलफल शुरू भएको हो ।
सरकारको अतिरिक्त सचिव राख्ने-नराख्ने, स्थानीय तहमा कार्यकारी अधिकृत केन्द्रले खटाउने कि प्रदेशले भन्नेजस्ता विषय विधेयकमा छन् । कर्मचारी प्रशासनलाई नयाँ दिशा दिने अपेक्षा गरिएको विधेयकमाथि अब संसदीय समितिमा घनिभूत छलफल हुने सभापति रामहरि खतिवडाले जानकारी दिए ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’माथिको पहिलो दिनको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मुख्यसचिव सहभागी भएका थिए ।
नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले संघीय निजामती विधेयकमाथि समितिमा छलफल शुरू भएकोमा खुसी व्यक्त गरे । निजामती सेवा दिवस नजिकिँदै गर्दा समितिमा विधेयकमाथि छलफल हुनु कर्मचारीका लागि खुसीको कुरा भएको मुख्यसचिव अर्यालले बताए ।
समिति सभापति खतिवडाले भ्रष्टाचार निवारण विधेयक र संघीय निजामती विधेयकलाई सँगसँगै अगाडि बढाउने जानकारी दिए । भ्रष्टाचारमा ५ वर्षे हदम्याद हटाउने विषयमा समितिमा सहमति भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय निजामती विधेयकको प्रस्तवनामै ३२ वटा संशोधन
निजामती विधेयक अघि बढाउँदै राज्य व्यवस्था समिति
संघीय निजामती विधेयक संशोधनको माग गर्दै सामान्य प्रशासनमन्त्री र दलहरूलाई ज्ञापनप