एजेन्सी । युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो सहर खार्किभबाट १३० किलोमिटर टाढा छ । यो सहर युद्धको अग्रपंक्तिमा छैन, तर पनि यो लामो दूरीको मिसाइलको प्रभावमा आउँछ ।
रुसले आक्रमण गरेको मिसाइल इस्कन्डर एम ब्यालेस्टिक मिसाइल हो जसले ५०० किलोमिटरसम्म मार हान्न सक्छ । यो मिसाइलमा ७०० केजी विस्फोटक हुन सक्छ । गए राति युक्रेनी सेनाले क्राइमियाबाट इस्कन्डर मिसाइल प्रहार भएको बताएको थियो ।
पोल्टावा रुसी सिमानाबाट १४० किलोमिटर टाढा छ । यहाँ रुसले गरेको हमलामा ५० भन्दा बढीको मृत्यु भएको युक्रेनले दाबी गरेको छ ।
यही कारणले गर्दा युक्रेनको रक्षा मन्त्रालयले पोल्टावाका लागि यो डरलाग्दो दिन भएको बताएको छ । हवाई आक्रमणको साइरन र मिसाइल आक्रमणको बीचमा यति थोरै समय रहेकोले मन्त्रालयले बम सेल्टरमा जाने क्रममा मानिसहरु घाइते भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १९ भदौ २०८१, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
युक्रेनले तेल भण्डारणमा आक्रमण गरेको रुसको आरोप
युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार
युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्ध विरामको सहमति