काठमाडौं। तनहुँको व्यास नगरपालिका-१० अधेरी भञ्ज्याङ बस्ने ४२ वर्षीय मनभुजा कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा कुमाल समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ५ सय १० रूपैयाँ र ८० पत्ति तास सहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-६ धुराफाँटस्थित तारा कुमार श्रेष्ठको अश्विन होटल तथा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५१ वर्षीय शुक्रलाल वाईवा समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ सय ४५ रूपैयाँ र ५ सय ३२ पत्ति तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ सय ६५ किलोग्राम गाँजासहित चार जना पक्राउ
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
करिब ३६५ किलो गाँजासहित बारामा चार जना पक्राउ
कैलालीमा एक वर्षमा लागुऔषधसहित पक्राउ परे ७७० जना
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
बालिकालाई करणी गरेको आरोपम युवक पक्राउ