दाङ । फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई कापी कलम लगायत शैक्षिक सामग्री वितरण गरिइएको हो ।
बजार सफा बनाउनुका साथै त्यसबाट सङ्कलन भएको रकमलाई यस्तै न्यून आर्थिक अवस्था भएकालाई सहयोग गर्ने गरेको सफाइ अभियानका संयोजक निमबहादुर बुढाथोकीले बताए ।
‘हाम्रो सरसफाइ अभियान १६४औँ हप्तामा प्रवेश गरेको छ, हामीले लामो समयदेखि तुलसीपुरमा प्रत्येक हप्ता सरसफाइ अभियान सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘यही क्रममा भेटिएका पानीका बोतल सङ्कलन गरेर विपन्न विद्यार्थीलाई सहयोग गर्न थालेका छौँ ।’
विद्यालयका ५० बढी विद्यार्थीलाई कपी र कलम सहयोग गरिएको हो । सोही विद्यालयमा न्यून आर्थिक अवस्था भएका विद्यार्थी अध्ययन गर्छन् । धेरैजसो विद्यार्थी अभिभावकविहीन बनेका तथा विद्यार्थीदेखि अभिभावक टाढा भएकाहरू अध्ययन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले बताए ।
विसं २०४५ सालमा उक्त विद्यालय स्थापना भएको हो । शिशुदेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा ८८ विद्यार्थी अध्ययन गर्छन् भने सातजना शिक्षक कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ वर्षदेखि भुइँमै अध्ययन गर्न बाध्य छन् फतुवाका विद्यार्थी
विपन्न नागरिक र विद्यार्थीलाई न्यानो कपडा वितरण
हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गर्दै
१४ लाख विद्यार्थीलाई मौका
नदी किनारमा ध्यान गर्दै विद्यार्थी
विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप