सिरहा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका–७ मा रहेको ट्रकमा ‘पिकअप भ्यान’ ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दूधौली नगरपालिका—१४ का २७ वर्षीय मिलन सुनारको घटनास्थलमा मृत्यु भएको हो ।
पिकअप भ्यानका चालक दूधौली नगरपालिका—१४ का सागर सुनारको अवस्था गम्भीर छ । यसैगरी, धनगढीमाई नगरपालिका–१० कसहाबाट लहानतर्फ गइरहेको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
सहजपुरमा इभी हायससँग बस ठोक्किँदा तीन जना घाइते
डोटीमा सवारी दुर्घटना, एकजनाको मृत्यु, ६ घाइते
जिप सडकबाट २ सय मिटर तल खस्दा ३ युवकको मृत्यु
सप्तरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २४ बढी घाइते