काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १५ मा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ।
क्यानले विज्ञप्ति जारी गरी एनपीएलमा सहभागी हुने ८ टोलीको नाम सार्वजनिक गरेको हो। देशका ८ स्थानलाई प्रतिनिधित्व गर्दै टोलीको नाम राखिएको छ।
काठमाडौँमा हुने एनपीएलमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम टोली सहभागी हुने क्यानले जनाएको छ।
एनपीएल मंसिर १५ देखि पुस ६ सम्म हुनेछ। क्यानले यसअघि भारतीय कम्पनीलाई जिम्मा दिँदै नेपाल टी-२० लिग आयोजना गरेको थियो।
स्पट फिक्सिङलगायतका आलोचना र विवादमा परेपछि क्यानले पहिलोपटक आफैँले फ्रेन्चाइज लिग आयोजना गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ भदौ २०८१, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै
जनकपुरलाई फाइनल पुग्ने दोस्रो मौका, आज कर्णालीसँग भिडन्त
एनपीएल विजेताले कति पाउँछन् पुरस्कार ?
एनपीएलमा एलिमेटर खेल, चितवन र कर्णाली भिडदैँ
एनपीएलमा आज एक मात्र खेल, लुम्बिनी र कर्णाली भिडदैँ
एनपीएलमा चितवन राइनोजले बनायो प्लेअफमा स्थान पक्का